२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसको शपथ आज

Nada
२०८१ साउन २४ गते १३:४४
Shares
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसको शपथ आज

काठमाडौँ : बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उनी दिउँसो २:१० बजे राजधानी ढाका पुगेपछि राष्ट्रपति कार्यालयले उनलाई अन्तरिम सरकार प्रमुखको रूपमा शपथ गराउने तयारी गरेको हो ।

ncell

आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै गएपछि सोमबार शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर हिँडेपछि राष्ट्रपति मोहम्मद साहबुद्दिनले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई बुधबार अन्तरिम सरकार प्रमुखको जिम्मेवारी तोकिएको घोषणा गरेका थिए ।

हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बंगलादेशमा माइक्रोफाइनान्सका संस्थापक हुन् । बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।

 

सम्बन्धित खबर