२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

‘भिजिट भिसा’को दुरुपयोग रोक्न प्रधानमन्त्रीको कडा निर्देशन

Nada
२०८३ जेठ १८ गते ०६:१५
Shares
‘भिजिट भिसा’को दुरुपयोग रोक्न प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न अध्यागमन विभागसहितका सरकारी निकायलाई कडा निर्देशन दिइएको जानकारी दिएका छन् ।

ncell

आइतबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालबाट भिजिट भिसामा गएर कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता भने हटाएर सहजीकरण गरिएको बताए ।

प्रधानमन्त्री शाहले भने, ‘भिजिट भिसामा गएर काम पाएको अवस्थामा विदेशमै बसेर भए पनि भिजिट भिसालाई वर्क भिसामा कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको छ ।’

यसैबीच अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीमा जानका लागि विमानस्थल आउन आग्रह गरेको छ ।

विभागले कामदार  भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्रै गरी त्यसको स्वीकृति नहुँदै  विमानस्थल अध्यागमनमा आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन आग्रह गरेको हो ।

खासगरी तेस्रो व्यक्तिको सहयोगमा श्रम स्वीकृतिको आवेदन गर्नेहरू झुक्किने गरेको देखिएको छ । अनलाइन फारम भरिदिनेले श्रम स्वीकृति भइसकेको भन्ने गरेका कारण विदेश जाने कामदारले त्यसैको भर परेर समस्यामा पर्ने गरेको विभागको भनाइ छ ।

सम्बन्धित खबर