२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

अब पुनः श्रम स्वीकृति पूर्ण रूपमा स्वचालित

Nada
२०८३ जेठ १९ गते ०६:२०
Shares
अब पुनः श्रम स्वीकृति पूर्ण रूपमा स्वचालित

काठमाडौं : वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिलाई पूर्ण रूपमा स्वचालित बनाइएको बताएको छ । 

ncell

मन्त्रिपरिषद्को बैठकले गत चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूचीअनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन पुनः श्रम स्वीकृतिलाई पूर्ण रूपमा स्वचालित बनाउने योजनाबमोजिम उक्त कार्य सुचारु गरिएको बताएको छ ।

विभागले यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले सोही देश तथा कम्पनीका लागि पुनः श्रम स्वीकृति आवेदन गरेमा तोकिएका सर्तहरू पूरा भएको अवस्थामा स्वचालित प्रणालीमार्फत पुनः श्रम स्वीकृति प्रदान गरिने बताएको छ ।

स्वचालित पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा यसअघि श्रम स्वीकृति प्राप्त गरेकै देश तथा कम्पनीका लागि पुनः श्रम स्वीकृति आवेदन गरेको हुनुपर्ने, कम्तीमा ३ महिना अवधि भएको राहदानी र वैध भिसा अर्थात् भ्यालिड अवधिमा कम्पनीसँग करार सम्झौता गरी सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको, जीवन बिमा अध्यावधिक गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा स्वघोषणा गर्नुपर्ने सर्त रहेका छन् ।

विभागले पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा फेमिस प्रणालीमा गलत विवरण भरेमा वा तोकिएको कागजात पेस नगरी पुनः श्रम स्वीकृति आवेदन गर्दा श्रम स्वीकृतिमा कुनै त्रुटि भएमा सेवाग्राही स्वयंले जिम्मेवारी तथा दायित्व वहन गर्नुपर्ने बताएको छ ।

सम्बन्धित खबर