२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

शिव परियारले स्ट्रिट ट्वान्टी टु रेस्ट्रोबारमा सांगीतिक प्रस्तुति दिँदै

ADV
मध्यान्ह
२०८१ साउन २४ गते १९:३२
शिव परियारले स्ट्रिट ट्वान्टी टु रेस्ट्रोबारमा सांगीतिक प्रस्तुति दिँदै

दोहा, कतार : विगत एक हप्तादेखि कतारमा रहेका भर्षटायल गायक तथा संगीतकार शिव परियारले आज राति सांगीतिक प्रस्तुति दिने भएका छन् । नज्मामा अवस्थित मंसुरा पार्क इन होटेलको ग्राउण्ड फ्लोरमा रहेको स्ट्रिट ट्वान्टी टु रेस्ट्रोबारमा आज राति प्रस्तुति दिने भएका हुन् । 

परियारले उक्त कार्यक्रममा झुम्न तथा भरपूर मनोरञ्जन लिन दोहावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि अनुरोधसमेत गरेका छन् ।

कार्यक्रममा प्रवेश शुल्क पचास कतारी रियाल र भीआइपी एकसय रहेको कार्यक्रम संयोजक नाजिर रहमानले जानकारी दिए । कार्यक्रमको ढोका बिहीबार स्थानीय समय अनुसार ५ बजेदेखि खुल्नेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise