२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गीतकार तथा सञ्चारकर्मी गीताको ‘बजाउँदै चुरा’ सार्वजनिक

ADV
किस्ना आचार्य रोशनी
२०८१ साउन २५ गते १३:५७
गीतकार तथा सञ्चारकर्मी गीताको ‘बजाउँदै चुरा’ सार्वजनिक

काठमाडौं : नेपाली नारीहरूको महान पर्व तिज नजिकिँदै गर्दा तिजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ ।

सारिका घिमिरेको स्वर रहेको गीतमा योगेशकाजी शाहको संगीत एवम् संगीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको छ । प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवम् कलर छ ।

गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएका छन् । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तिजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत सांगीतिक बजारमा आइसकेका छन् ।

नयाँ गीतलाई लिएर आफू उत्साहित भएको गीता बताउँछिन् । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताइन् । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनले बताइन् । सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।

गीत राम्रो लागेकाले आफूले भिडियो निर्माण एवम् निर्देशन गरको निर्देशक प्रदीपले बताए । तिज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तिज गीत स्रोता/दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताए ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise