२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

शेख हसिनाले शरणका लागि आवेदन दिएको खबर हल्ला मात्रै 

ADV
मध्यान्ह
२०८१ साउन २६ गते १३:४९
शेख हसिनाले शरणका लागि आवेदन दिएको खबर हल्ला मात्रै 

वासिङ्टन डीसी  : बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गरेका छन् । 

एएनआईसँगको एक विशेष अन्तर्वार्तामा सजीब वाजेद जोयले आफू वा आफ्नो परिवारले सत्ताको लोभ नराखेको र बङ्गलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिए । 

“यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनुभएको छैन । उहाँले आफ्नो जीवनको अधिकांश समय बङ्गलादेशमा बिताउनुभएको छ र देश बाहिर बस्ने उहाँको कुनै चाह छैन । यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवा निवृत्त भएर आफ्नो गाउँको घरमा बस्ने थियो । राजनीतिमा संलग्न भए वा नभएपनि उहाँ आफ्नो घर फर्कन चाहनुहुन्छ ”, उनले भने। 

शेख हसिनाको राजनीतिमा फर्कने योजनाको बारेमा सोधिएको प्रश्नमा उनले भन्,“यस विषयमा म जवाफ दिन सक्दिनँ, उहाँलाई नै सोध्नुपर्नेछ । मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ  छैन । मेरो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोबास गर्दै आएका छन्। म लगभग ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु । तर हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौँ”, उनले बताए ।   

सजीबले बङ्गलादेशमा लोकतन्त्र र कानून व्यवस्था पुनर्स्थापना गर्न आफ्नो परिवारको प्रतिबद्धता पनि व्यक्त गरे । “हामी देशको यस्तो अवस्था हेर्न सक्दैनौँ । लोकतन्त्र पुनर्स्थापना गर्न, कानूनी व्यवस्था पुनर्स्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्नेछौँ”, उनले भने ।  

उनले बङ्गलादेशमा अल्पसङ्ख्यकहरूको दुर्दशा र कानून प्रवर्तनको अभावलाई पनि प्रकाश पारेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise