२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ठुम्रार साहित्यिक बखेरीको शताङ्क शृंखलाबारे विमर्श

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १३:४१
ठुम्रार साहित्यिक बखेरीको शताङ्क शृंखलाबारे विमर्श

काठमाडौं : 'हमार संस्कृक्ति हमार स्वाभिमान, सक्कुजे मिल्के बचाइ आपन बचाइ आपन पहिचान' भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि शुरु भएको थारू साहित्य रचना वाचनको शृंखला ठुम्रार साहित्यिक बखेरीको १००औं भाग शताङ्कसम्म आइपुगेको छ । 

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र थारू लेखक संघ नेपालको सहकार्यमा ठुम्रार साहित्यिक बखेरीको १००औं शृंखलाको विमर्श गरिएको थियो ।कार्यक्रममा थारूभाषा र साहित्यकी युवाअध्येता भूमिका थारूले थारूभाषाका कवितामा महिला हस्ताक्षर विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

प्रज्ञा प्रतिष्ठान देवकोटा सभाकक्षमा आयोजित विमर्श कार्यक्रममा बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, बरघर रेस्टुरेन्ट, राष्ट्रिय थारू कलाकार मञ्च, निसराउ ग्रुप प्रा.लि., जेनस इन्टरनेशनल प्रा.लि., अग्रासन थारू महिला समूह, यूनिक थारू ग्रुप र न्यु जर्सी थारू कम्युनिटीलगायतका समाजिक संघ संस्थाहरूसमेत सहआयोजकका रूपमा रहेका थिए ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो टिमले प्रज्ञा प्रतिष्ठान सम्हालेपछि आदिवासी, जनजाति, भाषाभाषीका भाषालाई प्राथमिकता दिएको बताए । उनले भने, 'राष्ट्रिय कविता महोत्सवमा भाषिकरूपले कविहरूको उपस्थिति गराउँदा संख्या बढ्नुका साथै नेपालीबाहेकका विभिन्न भाषाभाषी नै टप टेनमा परेका छन् ।'

मातृभाषामै कविता लेख्ने कविहरू नै उम्दा भएको उनको भनाइ थियो । संघीयताको कार्यान्वयनको क्रममा थारू समुदायबाट विद्रोह हुँदा तिनले ठूलो मूल्य चुकाउनु परेको स्मरण गर्दै उनले भने, 'मैले पनि टीकापुरबारे लेख र कविता लेखेर थारू समुदायप्रति सद्भाव जताएको छु ।'

कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सिताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई प्रमुख अतिथि राईले कदरपत्र प्रदान गरेका थिए । उनले संस्थागत योगदान पुर्‍याउने बर्दियाली थारू विकास मञ्च काठमाडौं र न्यु जर्सी थारू कम्युनिटी संयुक्त राज्य अमेरिकालाईसमेत कदरपत्र प्रदान गरेका थिए । सो क्रममा सम्मानित व्यक्तित्व सिताराम चौधरी र बुद्धसेन चौधरीले आ-आफ्नो मन्तव्य राखेका थिए ।

'थारू कवितामा महिला हस्ताक्षर' नामक कार्यपत्र प्रस्तुत गर्दै भूमिका थारूले थारू भाषामा महिला कविता लेखनको स्थिति र सम्भावनाबारे उल्लेख गरेकी थिइन् ।यस कार्यपत्रमाथि शान्ति चौधरीले टिप्पणी गर्दै थारू भाषासाहित्यको खोजअनुसन्धानमा थप जोड दिनुपर्ने बताइन् । सहभागीका तर्फबाट पुरुषोतम चौधरी, नरेन्द्रकुमार चौधरी, इन्दु थारू, प्रणव चौधरी, सियाराम चौधरी र सन्तोषी चौधरीले जिज्ञासा तथा सुझाव राखेका थिए । सहभागीका टिप्पणी र जिज्ञासालाई शान्त पार्दै प्रस्तोता भूमिका थारूले प्राप्त भएका सुझावका आधारमा आफूले कार्यपत्रलाई पूर्णता दिन कोसिस गर्ने बताएकी थिइन् ।

कार्यक्रममा अरूण चौधरी, गणेश वर्तमान, प्रणव चौधरी, शिव चौधरी, मित्थु थारु, अर्णव चौधरी, सन्तोषी चौधरी, सीएन थारु, निरजबाबु चौधरी, दोषहरण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, शान्ति चौधरी, शत्रुघन चौधरी, भीमेश चौधरी, रामस्वागत चौधरी, उदयनारायण चौधरी र दिलबहादुर कुश्मीलगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा थारू लेखक संघ नेपालका अध्यक्ष डा.कृष्णराज सर्वहारीले वाचित रचनाको दस्तावेजीकरण गरिनुपर्नेमा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले उक्त कार्यक्रमबारे प्रष्ट पारेका थिए । कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै थारू लेखक संघका नन्दुराज चौधरीले ठुम्रार साहित्यिक बखेरी शुरु गरेको १२ वर्षपछि प्रज्ञाको सहकार्यमा प्रज्ञामै कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै स्वागत मनतव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका आजीवन सदस्य शत्रुघन चौधरीले गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise