२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

माटोको धमनी

shivam cement
रेशम विरही
२०८२ कार्तिक ६ गते १६:०५
Shares
माटोको धमनी

आजकल म सत्ताको जटिल 
छायामुनि बाँचिरहेको छु
 र हेरिरहेछु 
ममाथि बर्सिने वितण्डाहरू

म जे पनि हुनसक्छु 
फगत अस्तित्वको भूमि 
अथवा यही भूमिमाथिको प्राणी

अहिले म भन्दैछु कि 
म देश हुँ कि फगत माटो 
अथवा सात समुद्रपारि भनिने 
खुनी साम्राज्यको आकाशबाट उड्ने
गिद्धलेझै आँखा गाडिरहेको स्वर्णभूमि 
मेरा वरिपरि किन उड्दैछ 
प्रशान्त द्वीपको 
कुटिल मनोरथी आततायी यान

किन आउँदैछ 
मेरो माटोमाथि दुःस्वप्नको
बासी सास 
अथवा अकालवधमा परेका 
लासहरूको सिनोको गन्ध
किन बग्दैछ मेरो वरिपरि ?

म आफ्‌नै शिरमाथि हेरिरहेछु
ममाथि सत्ता बस्छ कि 
काला कागहरूको बथान ?

आजकल म 
सत्ताको मखुन्डोभित्रका 
अनेक रहस्यहरू खोज्दैछु 
हेर्छु आफ्‌नै वक्ष वरिपरि 
गम्छु आफैंभित्र 
छाम्छु मानिसहरूका धमनी 
र सुस्त स्पन्दन

आजकल मेरो मस्तिष्कभरि विचारको बेगले भन्छ
म नागरिकहरूको आश्रय हुँ कि 
सत्ताका मतियारहरूले लुछ्ने मांसपेशी 
मेरा अङ्गमा किन सलबलाउँदैछन् 
भियतनामको चिहानबाट भागेका
सेता जुम्राहरू ?

आजकल म 
आततायी समयको 
भीषण आत‌ङ्कबाट गुज्रिरहेको छु

आफ्‌नो अमित गौरवको रक्षामा 
खोजिरहेछु भूमिपुत्रहरूको मार्चपास 
र सुनिरहेछु सपुतहरूको पार्श्वध्वनि
मेरो मथि‌ङ्गलमा घुमिरहेछ 
चेतनाको मौलिक तरङ्ग 
र सोचिरहेछु
ममाथि नागरिकहरूको सत्ता बस्छ कि कठपुत्लाहरूको मृदङ्ग नाच ?

अन्तिम युद्धको मेरो उद्घोष 
मैं हूँ मेरो वक्षमाथिको शैलाधिपति
म च्यात्छु तमाम असमान सन्धिसर्पनका 
जाली हस्ताक्षरहरू
म आफै लेख्छु 
मेरो पौरखले भिजेको माटोको कथा

आजकल म सत्ताको 
कुरूप छायामा देखिरहेछु
स्खलित विचारका शिखण्डीहरूको 
ढोँगी दस्तावेजका नक्कली पानाहरू 
आजकल म 
तमाम सत्ताहरूको बर्खिलाप 
एउटा नयाँ जग खनिरहेछु ।
 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर