२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १६:३१
युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस

मस्को : रूस र युक्रेनबीचको युद्धका क्रममा युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रूसले युक्रेनी सीमा नजिकैको  बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रूसी गभर्नरले सोमबार बताएका छन् ।  

बेलगोरोडका गभर्नर व्याचेस्लाव ग्लेडकोभले टेलिग्राममार्फत् जारी गरेको भिडियोमा “क्रास्नोयारुज्स्की जिल्ला सीमा नजिकै युक्रेनी गतिविधिको कारण तनाव बढेको उल्लेख गरे ।  

रूसी सेनाले बढ्दो खतरालाई सम्बोधन गरी स्थानीयबासीको सुरक्षा सुनिश्चित गर्न,  सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिरहेको उनले बताए । उनले आवश्यक समन्वय भइरहेको र स्थानान्तरणको लागि यातायात पहिले नै पठाइएको जानकारी दिए ।  

यसैगरी बेलगोरोड प्रशासनले पनि क्रास्नोयारुज्स्की जिल्लाका सिमामा विपक्षीका गतिविधि बढेको जनाउदै बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर छोड्न आग्रह गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise