२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अमेरिकाद्वारा हसिनाको आरोप अस्वीकार 

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १६:५०
अमेरिकाद्वारा हसिनाको आरोप अस्वीकार 

काठमाडौँ : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ ।   

हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रस्ट पारेका हुन ।

बङ्लादेशको राजनैतिक परिवर्तन बङ्लादेशी जनताको छनोट रहेको बताउँदै उनले बंगलादेशी जनताले नै आफ्नो सरकारको  निर्माण र विघटन गर्नु पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको बताए ।

हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बंगलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्यपि उनले कुनै प्रमाण भने पेस गरेका थिएनन् । 

मे महिनामा हसिनाले  विदेशी शक्तिलाई बंगलादेश सरकारलाई सैन्य विमानस्थल ९एयरबेस० निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएकी थिइन । 

संयुक्त राज्य अमेरिकाको सामान्यतया बंगलादेशसँग मैत्रीपूर्ण सम्बन्ध  छ । यद्यपि हालको अवस्थामा बंगलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको श्रङ्खला चलिरहेको देखिन्छ । 

बंगालदेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा रहेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise