२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

सर्पले टोक्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

himalayanlife
२०८१ साउन ३० गते १०:५१
Shares
सर्पले टोक्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

दाङ : सर्पले टोक्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ । 

गए राति सर्पले टोक्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए । 

सर्पले टोक्दाबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर