२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बलात्कारमा संलग्नलाई तत्काल कारबाही गर्न माग

ADV
राहुल गुप्ता
२०८१ साउन ३० गते १३:१५
बलात्कारमा संलग्नलाई तत्काल कारबाही गर्न माग

बारा : बाराकाे निजगढ नगरपालिका वडा नं. ५ की एक बालिकामाथि बलात्कार भएको भन्दै स्थानीयले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । 

बुधबार बिहानैदेखि बालिका बलात्कारमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै स्थानीयले निजगढ इलाका प्रहरी कार्यालयमा जम्मा भएर दबाब दिएका छन् ।

स्थानीयको दबाबपछि प्रहरीले घटनमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पत्राउ पर्नेमा निजगढ वडा नं. ४ का दिनेश चाैलागाईं र सन्जाेग खतिवडा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुश्वाहाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुश्वाहले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise