२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए दुई तिहाइ मत

ADV
भावना पाठक
२०८१ साउन ३१ गते ०६:४५
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए दुई तिहाइ मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ मत पाएका छन् । 

बुधबार प्रदेशसभा बैठकमा भएको मतदानमा मुख्यमन्त्री शाहलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिए । 

बैठकमा ४५ सांसद उपस्थित थिए । उपस्थित ४५ जना मध्य शाहको पक्षमा ३६ मत परेको हो । उनको विपक्षमा ८ मत परेको छ । तटस्थमा १ मत परेको थियो । 

सुदूरपश्चिम प्रदेश सभा ५३ सदस्यीय छ । कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा मुख्यमन्त्री शाहले दुई तिहाइ मत पाएका हुन । 

नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए । माओवादीका ६ सांसद भने उपस्थित नै भएनन् । 

स्वतन्त्र १ सांसदले कतै मत दिएनन् । मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ जना माओवादी केन्द्रका हुन् । 

सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन्, तर बुधबार बहुमत सांसद संख्या प्रदेशसभा बैठकमा उपस्थित नभएका हुन् । 

माओवादी केन्द्रका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुँवर, झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित नभएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की खेमादेवी विष्ट पनि बैठकमा उपस्थित भइनन् । 

नेपाली कांग्रेस संसदीय दलका नेता शाह गत साउन २१ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसअघि पनि १४ महिना मुख्यमन्त्री भएका थिए । चार महिनापछि शाह पुनः मुख्यमन्त्री भएका हुन् ।

उनी कैलाली क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका शाह पहिलो पटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए । 

शाहपछि मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घबहादुर सोडारी अल्पमतमा परेपछि राजीनामा दिए । त्यसपछि शाहले फेरि मुख्यमन्त्री हुने मौका पाएका हुन् । संविधा

नको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् । संविधानको धारा १६८ (४) मा यस सम्बन्धी व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार नै शाहले ३० दिनभित्र विश्वासको मत लिएका हुन् । यसपटक भने उनले दुइ तिहाइ मत पाए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise