२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त

draupadi film
मध्यान्ह
२०८१ साउन ३१ गते १५:३८
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त

भक्तपुर : भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका थिए भने प्रहरीले तत्काल आगो निभाएको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ । अवस्था तनावपूर्ण बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise