२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

चट्याङ लागेर एक जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ १ गते १५:५२
चट्याङ लागेर एक जनाको मृत्यु

जुम्ला : चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तिर्थ आउने क्रममा चट्याङ लागेर जुम्ला र मुगुको सिमानामा रहेको भेरी नाका पाटनमा पर्ने ऋणमोक्ष तिर्थस्थल जाँदै गर्दा पातारासी गढीगाउँ निवासी हाल चन्दननाथ नगरपालिका वडा नम्बर १ मा बस्दै आएका धनसुर बुढाको मृत्यु भएको हो ।

पातारासी गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले पातारासी गाउँपालिका-१ गढीगाउँ निवासी हाल चन्दननाथ नगरपालिका वडा नम्बर १ स्थित हिमालय खत्रीको घरमा बस्दै आएका धनसुर बुढाको चट्याङ लागेर मृत्यु भएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दले जुम्लाबाट मुगुको ऋणमोक्ष तिर्थस्थल जाँदै गरेको अवस्थामा जुम्ला र मुगुको भेरी नाका पाटनमा चट्याङ लागेर शुक्रबार उनको मृत्यु भएको बताए । प्रहरीका अनुसार उनीसँगै गएका २ जना सकुशल छन् ।
   

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise