२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

१ सय ३२ जनाले गरे रक्तदान

ADV
पवन जायसवाल
२०८१ भदौ १ गते २१:२१
१ सय ३२ जनाले गरे रक्तदान

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ३२ जनाले उत्साहजनक रुपमा रक्तदान गरेका छन् ।

‘स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता ः संस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता’नाराका साथ नेपाल विद्युत प्राद्यीकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगञ्ज इकाई समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगञ्ज इकाई समितिका उपाध्यक्ष महेश चौधरीको अध्यक्षतामा, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाद जैसी, विशिष्ट अतिथि राजीव सिंह लगायत अतिथिहरुले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र राजेन्द्र महतारलाई हस्तान्तरण गर्दै ३९ औं वर्षको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगञ्ज इकाई समितिका सचिव नबीन अधिकारीद्वारा सञ्चालित, भाइराजा श्रीवास्तवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसी, विशिष्ट अतिथि तथा लुम्बिनी प्रादेशिक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख राजीव सिंह, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जका निमित्त प्रमुख बुद्धिसागर भुषाल, नेपाल ट्रेड युनियन कांगे्रस बाँकेका का.वा. अध्यक्ष तोजेन्द्र वि.क लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise