२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

खजुरामा २२ जनाले गरे रक्तदान

shivam cement
पवन जायसवाल
२०८१ भदौ २ गते २२:२२
Shares
खजुरामा २२ जनाले गरे रक्तदान

नेपालगन्ज : राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेको आयोजनामा सुशील प्रखर क्यान्सर हास्पिटल खजुरामा २२ जनाद्वारा रक्तदान गरिएको छ ।

आयोजित रक्तदान कार्यक्रम सुमन पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता युवराज शाहीले गरेका थिए ।  रक्तदान कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका क्षेत्रीय अध्यक्ष  तारा सिंह थारु, युवराज शाही लगायतले रगत संकलन गर्ने पाकेट नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा सुशील प्रखर क्यान्सर हास्पिटल खजुरामा रहेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, महेश राना क्षेत्री, पुनम राना, शंकर पुन, श्रृष्टि गौतम, शर्मिला रोकायाले प्राविधिकमा सहयोग गरेका थिए ।

सम्बन्धित खबर