–अच्युतमान सिंह प्रधान ‘उत्सुक’
तिमी बिना म हास्न कहाँ सक्छु र ?
तिमी बिना म बाच्न कहाँ सक्छु र ?
तिमी नै हौ, मेरो एउटै चाहना ।
तिमी नै हौ, मेरो एउटै कामना ।
जब तिमी आयौ मेरो जीवनमा ।
तब बहार छायो मेरो यौवनमा ।
मरुभुमि जस्तो सुख्खा मेरो मनमा,
खुशीका अनेकौ पालुवाहरु पलायो ।
औशी जस्तो मुहारमा
पूर्णींमाको जस्तो चहकता छायो ।
पतझर मौसममा बहार छायो ।
प्रचण्ड गर्मीमा पनि शितलता छायो ।
पलायो आशाका किरणहरु मेरो जिवनमा ।
भन्दिन म तिमीलाई,
आकाशको तारा टिपेर ल्याई दिन्छु भनेर ।
भन्दिन म तिमीलाई,
सागरको गहिराईमा गई मोती टिपेर दिन्छु भनेर ।
केबल भन्छु म तिमीलाई,
मुरीका मुरी साँचो माया दिन्छु
भन्छु म तिमीलाई,
सात जन्मसम्म पनि साथ बिताउँछु ।
त्यसैले भन्छु म तिमीलाई,
मलाई छोडी कतै टाढा कही नजाउ ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies