२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

हिन्दूधर्मको रक्षा गर्न कालीबाबाको अनुरोध

ADV
मध्यान्ह
२०८१ भदौ ४ गते १७:२९
हिन्दूधर्मको रक्षा गर्न कालीबाबाको अनुरोध

काठमाडौँ : दोलखा भीमसेनको शीलामा पसिना आएपछि आफूले त्यहाँ पुगी क्षमा पूजा गरेको कालीबाबाले बताएका छन् ।

पशुपति क्षेत्रमा सञ्चालित यज्ञको पूर्णाहुतिका क्रममा नेपाल आएका कालीबाबाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दोलखाको भीमेश्वर मन्दिरमा हालै पसिना आएको घटनालाई गम्भीर रुपमा लिन सम्बद्ध सबैसँग अनुरोध गरे ।

उनले वैदिक सनातन धर्मको शिरमा रहेको भनी विश्वभर पहिचान बनाएको नेपालको चिनारी मेटाउन नहुने धारणा व्यक्त गरे ।

सनातन हिन्दूधर्मको रक्षा होस् भनी यसअघि आफूले नेपालमा दुईपटक कोटीहोम आयोजन गरेको स्मरण गर्दैै कालीबाबाले आगामी मङ्सिरको पहिलो साता झापाको कन्काइमा महायज्ञ गर्न लागेको जानकारी दिए ।

सनातन हिन्दूधर्मको रक्षा एवं प्रवर्द्र्धनमा योगदान पु¥याएका  कालीबाबा हाल भारतमा बस्दै आएका छन् ।  
 
कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा बाह्मण परिवारमा जन्मिएका कालीबाबा बाल्यकालमै भारत पुगी त्यहीँबाट शिक्षादीक्षा लिएर धार्मिक गतिविधिमा सक्रिय छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise