२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बाजुरामा करेन्ट लागेर दुई जना घाइते

ADV
देबराज पाध्याय
२०८१ भदौ ५ गते १३:२०
बाजुरामा करेन्ट लागेर दुई जना घाइते

बाजुरा : बाजुरामा करेन्ट लागेर दुई जना घाइते भएका छन् । बाजुराको बडिमालिका नगरपालिका वाड नं ६ मा रहेकाे कोर्धाली गाड लघुजलविद्यतु आयोजनाको लाइन मर्मतका लागि पोलमा चढ्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएको जिलला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दिलिप गिरीले जानकारी दिए ।

घाइते हुनेमा बडिमालिका नगरपालिका वाड नं ४ का २८ वर्षीय राजेन्द्र नाथ र साेही नगरपालिका वाड नं ६ कोर्धका २९ वर्षीय रुपक बहादुर बडुवाल रहेका छन् । घाइतेमध्ये बडुवाको अवस्था गम्भीर रहेको र नाथकाे अवस्था केही सामान्य रहेकाे बताइएको छ । अहिले घाइते दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।

उनीहरु नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रलाई समेत कुनै जानकारी नगराइ पोलमा चढेको पाइएको छ । जघुजलविद्युत आयोजनाको विद्यतु बन्द भएपनि केन्द्रीय प्रशारण लाइनको विद्युत बन्द नभएकै अवस्थामा पोलमा चढेपछि करेन्ट लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बाजुरामा १२ दिनअघि साेही ठाउँमा एक जनाको करेन्ट लागेर मृत्यु भएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise