२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भैंसीले मार्‍यो बाघ !

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते १२:१७
भैंसीले मार्‍यो बाघ !

काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो ।

गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गरेपछि बाघ बुढो भएका कारण भैंसीले हान्दा मरेको अनुमान गरेको छ ।

निकै दुब्लो र सिकार गर्न नसक्ने अवस्थामा पुगेको उक्त बाघ बिरामीसमेत रहेको पाइएको निक्ञ्जले बताएको छ । बाघ आफैं कमजोर अवस्थामा रहेका कारण भैंसीकै आक्रमणबाट मरेको निकुञ्जको अनुमान छ ।

निकुञ्जले केही दिनदेखि सोही गाउँवरपर डुलिरहेको सो बाघलाई खोजिरहेको भएपनि फेला पारेको थिएन ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise