२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मर्स्याङ्दी बस दुर्घटना : कम्तीमा १२ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते १३:०३
मर्स्याङ्दी बस दुर्घटना : कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको हो । 

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । 

प्रहरीका अनुसार दुर्घटनास्थलबाट कम्तीमा १२ वटा शव निकालिएको छ भने खोजी तथा उद्धार कार्य जारी छ । बसमा झन्डै ४० जना सवार रहेको अनुमान गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise