२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सालको काठ बरामद

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते २२:२३
सालको काठ बरामद

सर्खेत : सर्खेत लेकबेशी नगरपालिका–९ चौरासेबाट सालको काठ बरामद गरिएको छ । 

लु २ च २२३ नम्बरको गाडीमा सालको काठ सुर्खेततर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक रमेश छहारी मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त सालको काठ बरामद गरेको हो । 

सुर्खेत वीरेन्द्रनगर–११ धुलियाबिटबाट उक्त गाडी र सालको काठ गोलिया ९ थान र कर्णाली प्रदेश ०२ ००१ प ७६६७ नम्बरको मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर–२ बस्ने वर्ष ४१ का धनिराम चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।  

गाडी चालक भने फरार रहेका छन् । उनको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise