२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बाघको आक्रमणबाट मृत्यु

ADV
लालबाबु बानिया
२०८१ भदौ ८ गते २१:००
बाघको आक्रमणबाट मृत्यु

पर्सा : पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं.५ सखुवनियाका ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थारु गाउँ नजिकैको जंगलमा शुक्रबार घाँस काट्न गएका थिए । सोही बेला बाघको आक्रमणमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए ।

दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा थारुको शव शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । शुक्रबारदेखि बेपत्ता रहेका थारुको शव शनिबार बिहान सुगिभार नजिकको नर्सरीमा फेला परेको हो ।

शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका टोली घटनास्थलमा पुगेर शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise