२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पहिरो पीडितलाई बागलुङ सेवा समाज कतारको आर्थिक सहयोग

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ १० गते १४:१५
पहिरो पीडितलाई बागलुङ सेवा समाज कतारको आर्थिक सहयोग

दोहा, कतार : बागलुङ सेवा समाज दोहा कतारले जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । गत साउन २२ गते पहिरोमा परी वडा नम्बर १० मा १० जना र वडा नम्बर ९ मा २ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

आइतबार समाजले पहिरो पीडित र मृतकको आफन्तलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको समाजले जनाएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष वीरेन्द्र बुढा र वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण केसी तथा समाजका सह-सचिव हिराबहादुर विकको रोहबरमा वडा नम्बर १० आरुपाटा र वडा नम्बर ९ बलघासमा पहिरोमा परी ज्यान गुमाएका १२ जनाका आफन्तलाई ८४ हजार, विस्थापित ३ परिवारलाई ९ हजार र गम्भीर घाइते भएका एक जनालाई ८ हजार १ सय ११ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो । रोजगारीको सिलसिलामा कतारमा रहेका बागलुङेहरुले गरेको सहयोगको प्रशंसा गर्दै वडाध्यक्षद्वयले आभार व्यक्त गरे ।

समाजले प्राकृतिक विपत्तिमा भएका घटनाहरूमा मात्र नभइ अन्य सामाजिक कार्यहरूमा पनि सहयोग गर्दै आइरहेको समाजका अध्यक्ष निराजन गौतमले बताए । उनले कार्यसमितिले संकलन गरेको रकम र समाजको कोषमा रहेको रकमबाट सहयोग गरिएको बताउँदै समाज सदैव पीडितको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise