२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ठाकुरबाबा नगरपालिकाको पहलमा बेसाहारा बालक शिशिरको उपचार

ADV
लोकेन्द्र राज शर्मा
२०८१ भदौ १८ गते १४:५३
ठाकुरबाबा नगरपालिकाको पहलमा बेसाहारा बालक शिशिरको उपचार

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बेतेनी बस्ने गगन सुनारका छोरा ११ वर्षीय शिशिर सुनार भदौ ८ गते सर्पले टोकेर गम्भीर बिरामी भएपछि भेरी अस्पतालमा उपचाररत छन् ।

उपचार गर्दागर्दै फोक्सोमा एक भाग सुकेको र निमोनियाले मुटुमा समस्या भएकोले लामो समयदेखि उनी उपचाररत छन् । आर्थिक अवस्था कमजोर रहेकोले उपचार गर्न समस्या भएपछि नगरपालिकाको विशेष पहलमा उनको उपचार भइरहेको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले नगरपालिकाको विशेष पहलमा अभिभावकिय जिम्मेवारीको रूपमा ती बालकको उपचारको व्यवस्थापन गरिएको बताउँदै भने, 'बालकको स्वास्थ्य तथा शिक्षाको पूर्णरूपमा अधिकार रहेकोले नगरपालिका अभिभावक हो । घररदैलोको सरकार हो । यसर्थ बच्चाको उपचारको पूर्ण ग्यारेन्टी नगरपालिकाले गर्छ ।'

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले नगरपालिकाको विशेष पहलमा शिशिरको उपचार जारी रहेको बताए । ती बालकको बुबा पनि सम्पर्कमा नरहेको अवस्थामा नगरपालिकाले अभिभावकको जिम्मेवारी वहन गर्दै मानवीय हिसावले कर्तव्य पूरा गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । ती बालकलाई बचाउन औषधि उपचारका लागि कुनै कसर बाँकी नराख्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

उपचारमा अभिभावकको रुपमा निरन्तर खटिरहेकी शिशिर सुनारकी ठूलीआमा कमला कुमारी विकले हालसम्म ठाकुरबाबा नगरपालिकाको पहलमा भेरी अस्पतालमा उपचार भइरहेको र शिशिरको स्वास्थ्यमा सुधार आएको बताइन् ।

भेरी अस्पतालका प्रशासन प्रमुख प्रकाश थापाले बिरामी बालकलाई नगरपालिकाको अनुरोधमा उपचार गरिरहेको र बाँकी उपचारका लागि ठाकुरबाबा नगरपालिकासँग कुरा भएको बताए । शिशिरका बुबा जेलमा छन् भने आमाले दोस्रो विवाह गरिसकेकी छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise