२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

ADV
मध्यान्ह
२०८१ भदौ २१ गते १७:१०
खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

सर्लाही : सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ । 

आज ब्रह्मपुरी गाउँपालिका–४ शेषटोल नजिकै झिमखोलामा डुबेको अवस्थामा भारतको सीतामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षा–९ बस्ने ४८ वर्षीय इन्दल महतोको शव फेला परेको हो । महतोलाई खोलामा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै पुगेको सर्लाही जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलको प्रकृति मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise