२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

टोखामा १८औं हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न 

ADV
मध्यान्ह
२०८१ भदौ २२ गते २१:२२
टोखामा १८औं हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न 

काठमाडौं : टोखा नगरपालिकाले जनश्रमदानका १८औं हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न गरेको छ । शनिबार बिहान १८औं हप्ताको सफाइ मनोहरतिर्थ धामदेखि इन्द्रेणी पुल जाने सडक, साङ्ले खोला र ड्रेन सफाइ गरेको छ । 

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, वडा ८ र ११ का जनप्रतिनिधिहरु, नगर प्रहरी, सशस्त्र प्रहरी, लायन्स क्लव अफ काठमाडौं शुभारम्भ र स्थानीय सामाजिक अभियन्ताहरु, फोहोर संकलन केन्द्रका ८ ओटै समुहका प्रतिनिधिहरु, कल्लता साहित्यिक टिम, पूर्व जनप्रतिनिधिहरु, भूतपूर्व प्रहरी संगठन लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । 

सफाइ कार्यक्रममा साङ्ले खोला करिडोरमा मिचिएका सार्वजनिक जग्गा छुट्याइ पार्क बनाइ खुला राख्न नगरपालिकासँग अनुरोध गरेको थियो । टोखा नगरपालिकाले २५औं हप्ताको सफाइ कार्यक्रम विशेष ढंगले मनाउने तयारी गरेको नगर प्रमुखले बताएका छन् । निरन्तर सफाइमा जोडिनेहरुलाई सम्मान गर्न लागेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise