२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अरिङ्गालले टोकेर जाजरकोटकाे बारेकोटमा एक जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ २९ गते २०:१५
अरिङ्गालले टोकेर जाजरकोटकाे बारेकोटमा एक जनाको मृत्यु

सुर्खेत : जाजरकोटमा अरिङ्गालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी बिक्रम शाही रहेका छन् । शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले टोकेर शाही घाइते भएका थिए ।

घाइते शाहीलाई उपचारका लागि स्थानीय र प्रहरी टोलीले स्ट्रेचरमा बोकी स्वास्थ्य चौकी लिम्सा जाजरकोटमा ल्याएकोमा उपचार सम्भव नभएपछि नगर अस्पताल दल्लीमा पठाईएको थियो ।

दल्ली अस्पतालमा ल्याएर चेकजाँच गर्दा डाक्टरले शनिवार साढे ६ बजेको समयमा शाहीलाई मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । हाल उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise