२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मानव धर्म सेवा समितिको संयोजनमा ४ सय २३ जनाले गरे रक्तदान

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते १७:०४
मानव धर्म सेवा समितिको संयोजनमा ४ सय २३ जनाले गरे रक्तदान

काठमाडौं : नेपाल मानव धर्म सेवा समितिले देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ । देशका विभिन्न ८ स्थानमा भएको रक्तदानका कार्यक्रममा ४ सय २३ जनाले रक्तदान गरेका छन् । 

‘रक्तदान, जीवनदान’ भन्ने मूल नाराका साथ समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा नारायणी क्षेत्र आश्रममा एक सय ५ जनाले रक्तदान गरेका छन् । त्यसैगरी बागमती क्षेत्र आश्रममा एक सय जना, लुम्बिनी क्षेत्र आश्रममा ८४ जना, भेरी क्षेत्र आश्रममा ५८ जना तथा सेती क्षेत्र आश्रममा १४ जना रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

विज्ञानले सबै कुराका आविष्कार गरेपनि रगतको अभाव पूरा गर्ने वैकल्पिक उपाय निकाल्न सकेको छैन । रगत अभाव भएकाहरूलाई बचाउने एकमात्र उपाय नै रक्तदान हो । यही भएर रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखेर बेला-बेलामा समितिले रक्तदान कार्यक्रम गर्दै आएको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताइन् । 

हिमाल रक्तसञ्चार केन्द्रका प्रमुख किरण योगीका अनुसार नेपालमा प्रायजसो रगतको अभाव भैरहने र रगतको अभावलाई पुरा गर्न नेपाल मावन धर्म सेवा समितिले उल्लेख्य भूमिका खेल्दै आएको छ । उनी भन्छन्, ‘समितिमा पुरुषको तुलनामा महिलाहरूको उपस्थिति राम्रो हुने गरेको छ । यसले हामीलाई संस्थासँग मिलेर कार्य गर्न धेरै उत्साह मिल्ने गरेको छ ।’

मानव धर्म सेवा समिति आध्यात्मिक साथै सामाजिक क्षेत्रको पनि अग्रस्थानमा रहेको संस्था हो ।

ADVADV

सम्बन्धित खबर

Advertise