२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

हुम्लामा बजार अनुगमन : म्याद गुज्रिएका सामान बरामद

draupadi film
ओबराज शाही
२०८१ भदौ ३० गते २१:०५
हुम्लामा बजार अनुगमन : म्याद गुज्रिएका सामान बरामद

हुम्ला : दशैं, तिहार नजिकिँदै गर्दा हुम्लामा बजार अनुगमन गरिएको छ । हुम्लाको सिमकोट बजारमा भएका ठूला र होलसेल दश वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच पसलमा दुई हजारदेखि पाँच हजारसम्म जरिवाना गरिएको छ ।

उनीहरुले म्याद गुज्रिएको सामान बिक्री वितरण गरेको पाइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको नेतृत्वमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलयका प्रमुख श्रीबहादुर बिष्टले बताए । 

कार्यालय प्रमुख बिष्टका अनुसार सिमकोट बजार सानो भएपनि स्थानीय चाड पर्वमा बढी मूल्य लिने, म्याद गुज्रिएको सामान बिक्री गर्ने जस्ता घटना हुने भएकाले यस्ता घटना हुन नदिन अनुगमनको पाटो अगाडि बढाइएको बताए ।

जिल्लामा कम्तिमा ५५ पसल भएपनि ठूला र होलसेल पसलबाट साना पसलले सामान किन्ने हुँदा जिल्लामा दश वटा पसल मात्र अनुगमन गरेको अध्यागमन कार्यलय प्रमुख चुडामणी वि.कले बताए । 

प्रमुख वि.कका अनुसार दश वटा पसलबाट म्याद गुज्रिएको ५० हजार भन्दा माथिको सामान बरामद गरिएको छ । जसमा बिस्कुट, चाउचाउ, तोरीको तेल, कोकोकला जस्ता सामान रहेका छन् । 

दश वटा पसलमा टि सप्लायर, मालिका माधादेव, ए टु जेट जुम्ला सप्लाएर, रावत सपिङ्ग सेन्टरलाई पाँच हजारका दरले जरिवान गरिएको छ भने किनमेल स्टोरलाई दुई हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । 

बरामद गरेको सामान सोमबार मात्र जलाएर नष्ट गरिने भएको छ । आइतबार भएको बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी, सिमकोट गाउँपालिका उपाध्यक्ष ,अध्यागन कार्यलयका प्रमुख,उद्योग वाणिज्य संघ प्रमुख, कृषि विकास प्रमुख, कृषि विकास शाखा प्रमुख, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise