२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

‘राष्ट्रिय बाल सहभागिता सम्मान २०८१’ प्रधानलाई

draupadi film
मध्यान्ह
२०८१ भदौ ३१ गते २२:४३
‘राष्ट्रिय बाल सहभागिता सम्मान २०८१’ प्रधानलाई

काठमाडौं : बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समुह (कन्सोर्टियम नेपाल)ले ‘राष्ट्रिय बाल सहभागिता सम्मान २०८१’ नेपालको बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधानलाई प्रदान गरेको छ । 

सोमबार काठमाडौंमा बालिका सहभागिता र सशक्तिकरणका लागि नागरिक संवाद कार्यक्रमका बीच प्रधानलाई राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिन् । 

चार दशक लामो बालअधिकार आान्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भूमिकामा रहि बालअधिकार आान्दोलनलाई उचाईमा राखेको कारण राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रदान गरिएको  कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बताए । 

नेपालको बालअधिकार आन्दोलनमा बालअधिकार सबैको सरोकार, बालबालिकाका लागि बालबालिकाका साथमा, बालबालिका शान्ति क्षेत्र हुन् र बालबालिका राष्ट्रिय गौरव हुन् जस्ता नवीन सोचहरू अगाडि सारेर बालअधिकार आन्दोलनलाई वैचारिक तथा व्यवहारिक बनाइ राख्न प्रधानले निरन्तर रुपमा महत्वपूर्ण भूमिका खेलेका छन् ।  

उक्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का बम बहादुर बानियाँ, एनएसीजीका अध्यक्ष किरण थापा लगायतका व्यक्तिहरुले बालिका सहभागिता तथा सशक्तिकरणका लागि खेल्नुपर्ने भूमिकाका बारेमा आफ्ना विचार राखेका थिए । सो कार्यक्रममा बाल अधिकार अभियन्ता विष्णु खत्रीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise