२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सल्यान बसपार्कमा तरबार प्रहार, दुई कर्मचारी घाइते

ADV
कुलेन्द्र शाही
२०८१ असोज ५ गते १६:०१
सल्यान बसपार्कमा तरबार प्रहार, दुई कर्मचारी घाइते

सुर्खेत : सल्यानको शारदा नगरपालिका १ स्थित श्रीनगर बजारको बसपार्कमा शारदा यातायात प्रा.लि. र सल्यान रुकुम यातायात प्रा.लि.बीच गाडी रोक्ने विषयमा विवाद भएको छ ।

विवादको क्रममा शारदा यातायातका इन्चार्ज, २५ वर्षीय शिव प्रसाद कुँवरले लुकाइछिपाइ ल्याएको तरबारले प्रहार गर्दा सल्यान रुकुम यातायातका ४४ वर्षीय प्रशासकीय इन्चार्ज शालिकराम डाँगीलाई चोट लागेको छ ।

डाँगीको दाहिने हातको पाखुरा र बाँया हातको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको अहिले कान्तिपुर अस्पताल श्रीनगरमा उपचार भइरहेको छ ।

यस्तै कुँवरलाई पनि चोट लागेको छ भने उनको मेट्रो अस्पताल श्रीनगरमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise