२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

सार्वजनिक जग्गा संरक्षण गर्न नगर प्रमुखसँग स्थानीयको अनुरोध

ADV
मध्यान्ह
२०८१ असोज ५ गते २१:५४
सार्वजनिक जग्गा संरक्षण गर्न नगर प्रमुखसँग स्थानीयको अनुरोध

काठमाडौं : टोखा नगरपालिकाले शनिबार २० औँ हप्ताको विष्णुमती सफाइ अन्तर्गत साङ्ले खोलासँगै करिडोर क्षेत्रमा सफाइ अभियान सम्पन्न गरेको छ । इन्द्रेणी पुल क्षेत्रको टोखा ८ र ३ को सिमानामा शनिबार बिहान १ सय ५० भन्दा बढी सफाइकर्मी, स्थानीयबासी, सामाजिक अभियन्ता, नगर प्रहरी, जनप्रतिनिधि, कर्मचारी र सशस्त्र प्रहरीले सफाइ अभियानमा जुटेका थिए ।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी वडा नं. ३, ८ र ११ वडाध्यक्ष र सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । 

सफाइ अभियानको क्रममा शनिबार टोखा ३ मा १५ रोपनी भन्दा बढी सार्वजनिक जग्गामा केही व्यक्तिले हडपेर सटर तथा टहरा बनाइ वर्षौदेखि भाडामा लगाइ खाएको स्थानीयले बताएका छन् । सो सार्वजनिक जग्गालाई दशैं–तिहार लगत्तै संरक्षण गरेर हरियाली पार्क बनाउने नगर प्रमुख प्रकाश अधिकारीले स्थानीयबासीसँग बताएका छन् ।  

सार्वजनिक जग्गामा भाडामा बसोबास गर्दै आएका स्थानीयहरुले नगरपालिकाले सरकारी जग्गा संरक्षण गरे आफुहरुले तत्काल टहरा हटाउन सहयोग गर्ने बताएका थिए । उनीहरुले भने,‘नगरपालिकाको अभियानमा हाम्रो साथ रहन्छ, तर व्यक्तिले भाडामा लगाइ खान दिनु भएन ।’ टोखाले वैशाख २९ गतेदेखि शुरु गरेको सफाइ अभियान निरन्तर रूपमा हुँदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise