२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

छाउगोठ प्रथा अन्त्य गर्न धामीझाँक्रीसँग अन्तरक्रिया

ADV
ओबराज शाही
२०८१ असोज १० गते २१:४१
छाउगोठ प्रथा अन्त्य गर्न धामीझाँक्रीसँग अन्तरक्रिया

हुम्ला : हुम्लामा छाउगोठ प्रथा अन्त्य गर्न धामीझाँक्रीसँग अन्तरक्रिया गरिएको छ । 

महिलाहरु महिनावारी भएको बेला ५ देखि ७ दिनसम्म छाउ गोठ बस्नुपर्ने बाध्यता रहेको छ । त्यसलाई   केही रुपमा न्यूनीकरण गर्न धामीझाँक्रीको भूमिका रहने भन्दै धामीझाँक्रीसँग अन्तरक्रिया गरिएको हो । 

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सयोगमा   धामीझाँक्रीसँग एक दिने अन्तक्रिया कार्यक्रम गरिएको संस्थाका हुम्ला प्रमुख नारायण प्रसाद चौधरीले बताए । सो क्रममा धामीझाँक्रीसँग महिनावारीको अवस्था, यसबाट लाग्ने रोग, सरसफाइ जस्ता विषयबस्तु समेटिएर अन्तरक्रिया गरिएको थियो । 

संस्थाको कार्यक्षेत्र  सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकाका धामीझाँक्रीहरु कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा जब  समाज परिवर्तन  हुन्छ, तब महिनावारी छाउ गोठ हट्दै जाने धामीझाँक्रीहरुको भनाइ थियो । 

धामीझाँक्री र महिलाबीच यो कार्यक्रम राख्दा अझै परिवर्तनमा सजिलो हुने देखिएको उनको भनाइ थियो ।

त्यस्तै पूरा रुपमा न्यूनीकरण नभए पनि  धामीझाँक्रीले  गाउँ घरमा भनेको कुरा सबैले मान्ने हुँदा केही रुपमा   सहज हुने हुँदा कार्यक्रम आयोजना गरिएको स्नोल्याण्ड एकीकृत विकास केन्द्रका निर्देशक गोबिन्द शाहीले बताए ।

अन्तरक्रिया कार्यक्रमको प्रशिक्षक जिल्लाकै स्थानीय धु्रव शाहीले दिएका थिए । 

अन्तक्रिया कार्यक्रमबाट सिकेका कुरा समाजमा लागू गर्ने सहभागीको भनाइ थियो । अन्तरक्रिया कार्यक्रमको प्राविधिक सहयोग स्नोल्याण्ड एकीकृत विकास केन्द्रले गरेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise