२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

मापन केन्द्र रहेका देशका १४ स्थानमा अत्यधिक वर्षा

Nada
२०८१ असोज ११ गते १२:१३
Shares
मापन केन्द्र रहेका देशका १४ स्थानमा अत्यधिक वर्षा

काठमाडौं : वर्षा मापन केन्द्र रहेका देशका १४ स्थानमा अत्यधिक वर्षा भएको छ । 

ncell

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ । मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षाको रेकर्ड छ ।

सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा पनि वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ।

झापाका अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ ।

पछिल्लो २४ घण्टा झापाको केचनामा १८७.२, चन्द्रगढी विमानस्थलमा १८३.२, अनारमनीमा १५८.६ मिलिमिटर वर्षा भएको छ।

इलामको कन्काइमा १७४.८, मोरङको बाहुनीमा १४९, विराटनगर विमानस्थलमा १८९.२, सप्तरीको बरमझियामा १८२.४, उदयपुरको सुन्दरपुरमा १४६.८, सप्तरीको रुपनी बजारमा १४६.२ मिलिमिटर वर्षा भइरहेको छ।

ताजा खबर

सम्बन्धित खबर