२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

अर्घाखाँचीको छाँया हस्पिटलमा सिटिस्क्यान सेवा शुरु 

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असोज १२ गते २२:४६
Shares
अर्घाखाँचीको छाँया हस्पिटलमा सिटिस्क्यान सेवा शुरु 

सन्धिखर्क : अर्घाखाँची जिल्लामा रहेको सुविधा सम्पन्न निजी क्षेत्रको  अस्पताल छाँया अस्पतालमा  सिटी स्क्यान सेवा शुरु गरिएको छ ।  सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति चोकमा रहेको छाँया अस्पतालले आधुनिक सिटी स्क्यान मेसिनबाट बिरामीहरूलाई सेवाको शुभारम्भ गरेको अस्पतालका सञ्चालक दल बहादुर केसीले जानकारी दिए । 

ncell

अस्पतालका निर्देशक डा. प्रदिप जग केसीले सिटी स्क्यान सेवाको सञ्चालनसँगै  गुल्मी अर्घाखाँची प्युठानका विभिन्न क्षेत्रका बिरामीहरूलाई सुविधा पुग्नुका साथै उपचार सेवा समेत अब बाहिर जिल्ला जान नपर्ने गरी सेवा विस्तारलाई  प्रभावकारी बनाउन लागिएको बताए ।

केसीका अनुसार सिटी स्क्यान सेवा बिरामीहरूका लागि प्रत्येक दिन विशेषज्ञ चिकित्सकले सञ्चालन  गर्ने कार्यतालिका रहेको छ । सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालनमा आएपछि अस्पतालमा आउने बिरामीले थप गुणस्तरिय सेवा प्राप्त गर्नेमा आफुहरु विश्वास्त रहेको  डाक्टर केसीले  विश्वास व्यक्त गरे । 

छाँया  अस्पतालमा आकस्मिक र बहिरंग गरी दैनिक तीन सय जनाभन्दा बढी बिरामीले सेवा लिँदै आएको अस्पतालका महिला स्त्रीरोग विशेषज्ञ डाक्टर निता श्रेष्ठ केसीले बताइन् ।

अर्घाखाँची गुल्मी लगाएतका पहाडि जिल्लाका  अस्पतालमा  सिटी स्क्यान सेवा नभएको र बुटवलमा पनि दुईवटा अस्पतालमा मात्रै यो सेवा उपलब्ध भएकोले बिरामीलाई सहज होस् भनी ठूलो लगानीमा अर्घाखाँचीबाट सेवा सञ्चालनमा ल्याइएको सन्धिखर्क आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो । 

सम्बन्धित खबर