२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

भिजन एण्ड भ्यालु ओभरसिजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

ADV
मध्यान्ह
२०८१ असोज १४ गते १३:०९
भिजन एण्ड भ्यालु ओभरसिजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं : पछिल्लो समय राजधानीका अस्पतालहरुमा रगतको चर्को अभाव देखिंदै आएको छ । बिरामीलाई आवश्यक पर्ने रगत खोज्न बिरामीका आफन्तहरुम विभिन्न रक्त सञ्चार केन्द्र र स्वास्थ्य केन्द्रहरुमा दौडधुप गरिरहेका भेटिन्छन् । रगतको यो अभावलाई कम गर्न रोजगार क्षेत्रको अग्रणी संस्था भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.को आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण घाइतेहरुको उपचारको लागि राजधानीका अस्पतालहरुमा रगतको अभाव देखिएकाले त्यसलाई परिपूर्ति गर्न नेपाल रेडक्रस सोसाइटीको संयोजनमा काठमाडौंको बसुन्धारास्थित धापासी मार्गमा रहेको प्रा.लि.को कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

भिजन एण्ड भ्यालुका सञ्चालक पदम पौडेलले काठमाडौं उपत्यकालगायत देशभर आएको अविरल वर्षा र बाढीपछिका सडक दुर्घटना र अन्य दुर्घटनाका बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उक्त प्रा.लि.को आयोजनामा केही वर्षयता रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको पनि सञ्चालक पाैडेलले जानकारी दिए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

यस्तै नेपाल वैदेशिक रोजगार व्यवासायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भिजन एण्ड भ्यालुले गरेको रक्तदान कार्यक्रमबाट अन्य संस्थाहरुले पनि सिक्नुपर्ने बताए । प्राकृतिक विपत्तिको समयमा रक्तनदान नै नगरे पनि पीडितलाई राहत र सरकारलाई सहयोग हुनेगरी अरु व्यवासायीहरुलांई आफ्नो  सामाजिक उत्तरदायित्व पूरा गर्नेगरी कार्यक्रम गर्न आग्रह गरे ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म चलेको कार्यक्रममा करिब ४३ जनाले रक्तदान गरेको सञ्चालक पौडेलले जानकारी दिए । रक्तदाताहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise