२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

सुर्खेतमा माटो खन्ने क्रममा ढुंगाले च्यापिएर महिलाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असोज १७ गते १४:१६
सुर्खेतमा माटो खन्ने क्रममा ढुंगाले च्यापिएर महिलाको मृत्यु

सुर्खेत : सुर्खेतमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योती वली रहेकी छन् ।

आज (बिहीवार) बिहान गुर्भाकोट नगरपालिका–७ सानोठकेनीमा दशैंको सजावटका लागि खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेकाे ढुंगाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनका अनुसार हाल इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise