२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

दैलेखमा २३ यात्रु बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

ADV
कुलेन्द्र शाही
२०८१ असोज २२ गते १२:१०
दैलेखमा २३ यात्रु बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत : गएराति दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा २३ यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ । सोमबार बेलुका ९ बजेको समयमा सुर्खेतदेखि चामुण्डा–२ चाल्ले चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बर गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ सिंहासैन बस्ने २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल दाहालले जानकारी दिए । उकालोमा जाँदा टायर चिप्लिँदा गाडी अनियन्त्रित भएर दुर्घटना भएको उनको भनाइ छ । 

उनका अनुसार गाडीमुनि च्यापिएर बुढा घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा दुल्लु नगरपालिका–५ रातामाटाबाट फर्काएर दुल्लु अस्पताल लगिएको थियो । दुल्लु अस्पतालमा चिकित्सकले चेकचाँजपछि प्रकाशलाई मृत घोषणा गरेका थिए ।

उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गाडीमा २३ जना सवार रहेको र उनीहरू सबै सकुशल रहेको प्रहरीले बताएको छ । यस्तै दुर्घटनामा परेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका–२ भुरेली बस्ने २८ वर्षीय राजेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise