२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

घुसुकपुरमा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

shivam cement
कृष्ण तिवारी
२०८१ कार्तिक १३ गते १७:०५
Shares
घुसुकपुरमा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका-१ घुसुकपुरमा रहेको रामजानकी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरिएको छ ।

मंगलबार एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीलाई वडा कार्यालय र छात्रवृत्तिबाट विद्यालय पोसाक वितरण गरिएको प्रधानाध्यापक रामसेवक यादवले बताए ।

विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन र पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले विद्यालय पोसाक वितरण गरिएको स्थानीय प्रेमलाल पटेलले बताए ।

विद्यालय पोसाक वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष विजय यादवले आफूहरुले स्थानीय निर्वाचनमा स्वास्थ्य, शिक्षा, रोजगारलाई पहिलो प्राथमिकता राखेको बताउँदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको बताए । वितरण कार्यक्रममा शिक्षक कैलाश राउत, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर