२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

मुस्लिम धर्मावलम्बीले मनाए बकर इद

ADV
क्षितिज किरण
२०८१ असार ३ गते १७:३८
मुस्लिम धर्मावलम्बीले मनाए बकर इद

कपिलवस्तु : कपिलवस्तुसहित देशभर मुस्लिम धर्मावलम्बीले दोस्रो महान पर्व इद–उल–अजहा (बकर इद) मनाएका छन् । इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

कपिलवस्तुभित्र रहेका नजिकैको मस्जिद तथा इदगाहामा गएर मुस्लिम धर्मावलम्बीले सामूहिक भेला भइ नमाज पढेर एकअर्कालाई शुभकामना आदान प्रदान गरेर इद मनाएका छन् । मुस्लिम धर्मावलम्बीलाई बकर इइदको शुभकामना दिन राजनीतिक दलका नेता, स्थानिय जनप्रतिनिधि, व्यापारी, पत्रकारलगायत व्यक्तिहरु मस्जिद तथा इदगाह पुगेका थिए ।

हिजरी संवतअनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने गरिएकाे स्थानीय राजनैतिक अगुवा खुर्सेद अहमद खांले बताए ।

यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बली दिन्छन् । बकर इदमा बली दिइएको मासुलाई तीन भागमा बाँडेर वितरण गर्ने गरिन्छ । जसमा एक भाग गरिब एवम् विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैंले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेकाे मुस्लिम अगुवा रउफ अहमद खांले बताए ।

मुस्लिम धर्मावलम्बीले बकर इद तीन दिनसम्म मनाउने मुस्लिम धर्मगुरु मौलाना अलि हसन निजामीले बताए । बकर इदको दिनमा सबैभन्दा पहिले बिहान नुहाएर नयाँ लुगा लगाइ मस्जिद वा इदगाह गइ नमाज पढेर घरमा फर्किने प्रचलन छ । त्यसपछि तुम्वा खसीलाई बली दिइन्छ ।

बकर इद पर्वका अवसरमा ताैलिहवास्थित बसपार्कसँगै रहेकाे इदगाहा पुगेर लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पाैडेललगायतका जनप्रतिनिधिहरूले इस्लाम धर्मावलम्बीहरूलाई बकर इद पर्वकाे शुभकामना दिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise