कपिलवस्तु : कपिलवस्तुको कृष्णानगरमा लागुऔषध ब्राउन सुगरसहित ३२ वर्षीय लवकुश भुजलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले कृष्णनगर नगरपालिका २ स्थित बसपार्कबाट भुजलाई १५१ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले भुजको कोठामा लुकाइएको चार थान तराजु र दुई थान मोबाइल पनि बरामद गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले दिए । साथै, अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरिएको छ ।
थप पक्राउ पर्नेमा बुद्धभूमी नगरपालिका २ का २८ वर्षीय महेश थारु र बाणगंगा नगरपालिका १ का २४ वर्षीय विपुल थारु छन् । उनीहरूको साथबाट ९० हजार नगद र एक थान मोबाइल बरामद भएको छ । प्रहरीले कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।