२०८१ मंसिर १३ गते बिहिवार / Nov 28 , 2024 , Thursday
२०८१ मंसिर १३ गते बिहिवार

फूलको महत्व

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ कार्तिक १६ गते ०८:०९
फूलको महत्व

रोल्पा : यतिबेला गाउँ तथा शहरमा तिहारको रौनक छाएको छ ।घरका आसपासमा हेर्ने हो भने फूलहरु ढकमक्क फूलेका छन् । जसले गर्दा वातावरणीय रूपमा समेत सुन्दरता थपिएको छ ।

तिहारमा फूलको महत्व अर्थपूर्ण रहन्छ । तिहारमा फूलको प्रयोग अत्यधिक मात्रामा हुने गर्दछ । विशेष तिहारको अन्तिम दिन भाइटीका पर्ने गर्दछ र त्यो दिन दिदी तथा बहिनीले दाजुभाइलाई टीका लगाएर फूलको माला लगाइदिन्छन् । टीकासँगै मालाको रूपमा सयपत्री, मखमली र गोदावरी फूल प्रयोग गरिन्छ ।

यतिमात्र होइन फूलको प्रयोग जन्मदेखि मृत्युसम्म पुजापाठ, मेला तथा महोत्सव र विवाहमा हुने गर्दछ । गाउँ घरमा फूल उत्पादन गर्न त्यति धेरै मेहनत गर्न र खर्च लागत पनि लाग्दैन । गाउँमा घरको वरिपरि रहेको कम आकारको जमिनमा आफूले प्रयोग गर्ने फूल उत्पादन गर्न सकिन्छ भने शहरमा पनि पक्की भवनका छत र कौशीमा गमला, फाल्लिएका प्लास्टिकका संरचनामा समेत फूल उत्पादन गर्न सकिन्छ ।

फूलले वातावरणीय सुन्दरता, मनमोहक दृश्य, हर्ष र उमंग स्थापित गर्ने गर्दछ । त्यसैले फूलको महत्व अपरिहार्य मानिन्छ । पछिल्लो समय फूल उत्पादन व्यावसायिक बन्दै गएको छ । फूल व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ । फूलको संरक्षण र बजार व्यवस्थापनमा कृषकहरुलाई स्थानीय सरकारले मद्दत गर्नुपर्ने देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise