२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

छठ पर्व नजिकिँदै गर्दा सिरहामा केराको मूल्यमा भारी वृद्धि

ADV
मध्यान्ह
२०८१ कार्तिक १७ गते १६:५९
छठ पर्व नजिकिँदै गर्दा सिरहामा केराको मूल्यमा भारी वृद्धि

लहान : छठ पर्वको तयारीले गर्दा सिरहाको गोलबजारमा अहिले केरा किन्नेको भिड लागेको छ । विशेषगरी यो पर्वका लागि आवश्यक केराको माग अत्यधिक बढेको छ । जसका कारण बजारमा केराको मूल्य पनि बढेको छ । बजारमा केराको घौर (घौंदा) प्रति ६ सयदेखि १५ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । व्यापारीहरूले यस वर्षको मूल्य वृद्धि माग र चाडपर्वको उच्च आवश्यकता कारण भएको बताएका छन् ।

केरा किन्न आएका सर्वसाधारणहरूले भने गत वर्षको तुलनामा यो वर्ष केरा महँगो भएको गुनासो गरेका छन् । "पछिल्ला केही वर्षदेखि यो समय केराको मूल्यमा उल्लेखनीय वृद्धि देखिन्छ, यो वर्ष झन् बढी महँगो भएको छ," एक स्थानीय उपभोक्ताले भने ।

छठ पर्व विशेष गरी हिन्दु धर्मावलम्बीहरूद्वारा मनाइने प्रमुख पर्व हो । यो पर्व विशेष गरी मिथिला, तराई क्षेत्र र भारतका हिन्दू समुदायले श्रद्धा र भक्ति भावका साथ मनाउँछन् । छठ पर्वमा सूर्य देवताको आराधना गरिन्छ र केराको बोट (घौर)लाई पूजा सामग्रीका रूपमा प्रयोग गरिन्छ ।

छठ पूजा चार दिनसम्म मनाइने पर्व हो, जसमा व्रतालुहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा सूर्यलाई अर्घ्य दिएर परिवारको सुख, शान्ति र समृद्धिका लागि प्रार्थना गर्छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise