२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

प्रधानमन्त्री चीन जानुअघि बीआरआईमा सहमति जुट्छ : एमाले उपमहासचिव ज्ञवाली

Nada
२०८१ मंसिर ५ गते १५:५८
Shares
प्रधानमन्त्री चीन जानुअघि बीआरआईमा सहमति जुट्छ : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री चीन जानु अघि नै चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सत्ता गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् ।

ncell

एमाले प्रचार विभागले आज काठमाडौंमा सम्पादकहरूसँग गरेको अन्तरसंवादमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण अघि नै एमाले र कांगेसबीच एक खालको सहमति बन्ने छ ।

‘एमसीसीमा पनि ६÷७ वर्ष लगाएर संवादपछि उहाँ  (कांग्रेस)हरूले हस्ताक्षर गरिएको थियो, तर पछि उहाँहरू नै गिजोल्न लाग्नुभयो । बीआरआई एमओयुमा पनि कांग्रेस–माओवादी सरकारले नै हस्ताक्षर गरेको हो’, ज्ञवालीले भने,‘पहिलो कुरा त बीआरआई एउटा कन्सेप्ट मात्रै हो, आफैंमा यो कुनै परियोजना होइन । त्यसभित्र अनेकौँ परियोजना हुन सक्छन् ।’

उनले नेपालको हकमा भएको प्रगतिबारे पनि चर्चा गरे । ‘नेपालको हकमा ट्रान्स हिमालयन मल्टी डायमन्सल कनेक्टिभिटी नेट्वर्क हो । त्यसमा ट्रान्स बोर्डर रेल्वे, रोडवेसहितका परियोजना हुन सक्छन् । अहिले नेपालको हकमा फन्डिङ मोडालिटी कस्तो भन्ने कुरा भइरहेको छ । कार्यान्वयनको फ्रेमवर्क पनि बन्दैछ । सित्तैमा पाइयो भने अलकत्रा खानु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’ ज्ञवालीले सहमति गरिसकेपछि अब कार्यान्वयनको विकल्प नरहेको पनि बताए । 

बीआरआईको अनुदान मात्रै भए लिने कांग्रेसले संस्थागत निर्णयबारे पनि उनले प्रतिक्रिया दिएका छन् । ‘बीआरआईअन्तर्गत अनुदान मात्रै पाउने भए ठीक, ऋण लिने कुरा बेठिक भनेर अहिले ब्याख्या गर्न खोजिँदै छ । हामीले कुनै पनि देशसँग वर्षौँ लगाएर सहमति गर्छौँ’, उनले भने, ‘तर, जब कार्यान्वयनमा लग्न खोजिन्छ, तब गिजोल्न थालिन्छ । हाम्रो आग्रह के छ भने सहमति भइसकेको कुरालाई कार्यान्वयनमा लैजानैपर्छ, त्यसैले यसलाई पनि अमेरिकी परियोजना एमसीसी जस्तै गिजोल्न खोज्नु राम्रो होइन ।’

ज्ञवालीले सन् २०१७ मा बीआरआईबारे सहमति भइसकेको बताउँदै अहिले कार्यान्वयनमा लान खोज्दा यो र त्यो मिलेन भनेर अल्झाउन खोज्नु उचित नहुने बताए ।

सम्बन्धित खबर