काठमाडौं : चीनका लागि नेपालका राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले कार्यभार सम्हालेका छन् । राष्ट्रपतिबाट राजदूतमा नियुक्त भएपछि बेइजिङ पुगेर ओलीले आफ्नो कार्यभार सम्हालेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राना देउवाको आसन्न चीन भ्रमणलाई मध्यनजर गर्दै राजदूत ओलीले कार्यभार सम्हालेका हुन् ।
प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्रीको निमन्त्रणामा मंसिर १७ गते चीनको भ्रमणमा जाँदैछन् । त्यसअघि परराष्ट्रमन्त्री आरजु राणा चीनको भ्रमण गर्दैछिन् ।
राजदूत ओलीले यही हप्ता चिनियाँ परराष्ट्र मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’लाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनेछन् ।