२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

यस्तो छ कीर्तिपुरका माओवादीका उम्मेदवार महर्जनको प्रतिबद्धता पत्र

Nada
२०८१ मंसिर ७ गते १४:५९
Shares
यस्तो छ कीर्तिपुरका माओवादीका उम्मेदवार महर्जनको प्रतिबद्धता पत्र

काठमाडौं : स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखका लागि माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । 

ncell

शुक्रवार उनले ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । महर्जनले सामाजिक सुरक्षा, खेलकुद तथा रोजगारी, स्वास्थ्य, शिक्षा, नगरपालिकाको न्याय सेवा, कीर्तिपुरको सांस्कृतिक संवद्र्धन, सरसफाइ तथा फोहोर व्यवस्थापनमा आफ्नो योजना र लक्ष्य सार्वजनिक गरेका छन् ।

त्यस्तै, सुशासन, पर्यटन प्रवद्र्धन, विकास निर्माण, शुद्ध खानेपानीको व्यवस्थापनलगायतका विषयमा पनि उनले आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन् । प्रा.डा. महर्जनले कीर्तिपुरको इतिहास, परम्परा र संस्कृतिलाई पढ्न, बुझ्न र अनुभव गर्न सक्ने गरेर अवलोकन एवं अध्ययन गर्न सहयोग हुने किसिमले कीर्तिपुर संग्रहालयको स्थापना गरिने पनि उल्लेख गरेका छन् ।

त्यस्तै, रैथाने नेवाः, तामाङ, खस, ब्राम्हणलगायत परापूर्व कालदेखि कीर्तिपुर क्षेत्रमा बस्दै आएका जाति–जनजातिहरूको पहिचानलाई उचित संरक्षण गर्न विशेष कार्यक्रम लागू गरिने, कीर्तिपुर भित्रका ऐतिहासिक र मौलिक नामहरुलाई पुन नामकरणका लागि नगरपालिकाले विशेष कानून बनाउने, परम्परागत मौलिक सांस्कृतिक बाजा खलः लाई वार्षिक अनुदानको व्यवस्था, गन तथा गुरु, नायः कजि एवं कतागुलीहरुलाई सांस्कृतिक भत्ताको व्यवस्था गर्ने, साहित्य, संगीत नात्यकला उत्थानको निम्ति कीर्तिपुर प्रज्ञा प्रतिष्ठान गठन गर्नेलगायतका उनको प्रतिवद्धता रहेको छ । 


ताजा खबर

सम्बन्धित खबर