काठमाडौं-सभामुख देवराज घिमिरेले जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी गोमालाभ सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् ।
सभामुखको निर्णयपछि सांसद सापकोटाको सांसद पद जोगिएको छ ।
जनमत पार्टीले पठाएको पत्रबारे निर्णय गर्दै सभामुखले उनलाई पदबाट नहटाउने निर्णय गरेका हुन् ।
‘राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ को उपदफा १,२‚३‚४ र ५ सम्बन्धी प्रक्रिया पुरा भएको नदेखिएको र दफा ३८ को प्रक्रिया पुरा भएको नदेखिएकोले सांसद पद गएको सूचना निकाल्न नपर्ने निर्णय सभामुखबाट भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
पार्टी अनुशासन विपरीत काम गरेको भन्दै जनमतले लाभलाई कारवाही गरेको र सांसद पदबाट हटाइएको सूचना टास गर्न भन्दै संसद् सचिवालयमा पटक पटक पत्र दर्ता गराएको थियो ।