२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

कांग्रेस सभापति देउवा आज मधेश प्रदेश आउँदै 

Nada
२०८१ मंसिर १० गते १०:२५
Shares
कांग्रेस सभापति देउवा आज मधेश प्रदेश आउँदै 

जनकपुर :पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज मधेश प्रदेश आउन लागेका छन् ।

ncell

धनुषाको जनकपुरधाम उमहानगरपालिका -२५ लोहनामा पार्टीले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवा मधेश प्रदेश आउन लागेका हुन् । 

जनकपुरधामको लोहनामा आज विगतका दिनमा देश र जनताको हक अधिकारका लागि जेलनेल भोगेका स्वर्गीय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न पार्टी सभापति देउवा आज बिहान हवाईजहाजमार्फत जनकपुर विमानस्थलमा अवतरण गर्ने कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिएका छन् ।

सभापति देउवा आज दिउँसो १ बजे लोहनामा आयोजित ठाकुरको प्रतिमा अनावरण कार्यक्रममा सहभागी हुने र आजै बेलुका काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गुप्ताले बताए ।

ताजा खबर

सम्बन्धित खबर